'गणेशमान सिंहबाट निष्ठाको राजनीति सिक्नुपर्छ'  | Khabarhub Khabarhub

‘गणेशमान सिंहबाट निष्ठाको राजनीति सिक्नुपर्छ’ 


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन्। 

स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताए। 

सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम गरेको कामको सधैँ चर्चा हुने उनले उल्लेख गरे। 

स्व गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खॉचो रहेको बताए।

मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताए।

कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ३४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका