‘डायलासिस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन « Khabarhub

‘डायलासिस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

डुम्रे – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी  मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गर्दै उनले मेसिन खरीद गर्न मन्त्रालयले  प्राथमिकता दिने जानकारी दिए ।

 उनले भने, ‘सिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।’ छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 

उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनले जानकारी गराए। केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए। 

उनले भने, ‘पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौँ ।’

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछी तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् । 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार