कोशीको मन्त्रीबाट राजीनामा दिएका अधिकारी पार्टीद्वारा निलम्बित « Khabarhub

कोशीको मन्त्रीबाट राजीनामा दिएका अधिकारी पार्टीद्वारा निलम्बित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ नेकपा (एमाले)ले मानव तस्करी आरोपमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका लीलाबल्लब अधिकारीलाई निलम्बन गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीले शनिबार उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीको गम्भीर आरोपको अन्तिम निरुपण नभएसम्मका लागि मोरङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जानकारी दिए । 

उनले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न सरकारसँग माग पनि गरेका छन् ।

अधिकारी केही दिनअघि वैदेशिक भ्रमणसम्बन्धी आवश्यक मापदण्ड तथा प्रक्रियाको वेवास्ता गर्दै पदीय मर्यादाविपरीत जापान भ्रमणमा गएका थिए । जापान जाने क्रममा उनले अन्य व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर लगेको खुलेको छ ।

अधिकारीविरुद्ध प्रहरीले पनि मानव तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । अधिकारीलाई निलम्बन गर्न एमालेलाई पार्टीभित्र र सार्वजनिक वृत्तबाट व्यापक दबाब परिरहेको थियो ।

यो पनि –

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

कोशीका मन्त्री अधिकारीको राजीनामा, स्वीकृतिबिनै पुगेका थिए जापान

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : ०४ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन