'भ्रष्टाचारीकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन्' | Khabarhub Khabarhub

‘भ्रष्टाचारीकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन्’


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछी कांग्रेस र एमालेले सङ्ख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछी कांग्रेस र एमाले उनीहरूलाई बचाउने बाध्यतामा परेको दाबी गरेका हुन् ।

प्रचण्डले भने, ‘भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन् । उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन् । जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोसिस भैरहेको छ । मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें । अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको बिल्कुल मन परेको छैन् । उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन् ।’

प्रचण्डले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए । उनले सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई आफ्नो नेतृत्वको सरकारले कारबाही गरेको बताउँदै अहिलेका प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ४५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका