बराबरीमा रोकियो आर्सनल « Khabarhub

बराबरीमा रोकियो आर्सनल


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा आर्सनल र फुलहामले एकएकको बराबरी गरेका छन्।

केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल जिमिनेजले फुलहामलाई अग्रता दिलाएका थिए। सो गोल उनको यस सिजनको छैटौँ गोल हो।

दोस्रो हाफको छैटौँ मिनेटमा कर्नर किकको उपयोग गर्दै विलियम सालिबाले आर्सनलका लागि बराबरी गोल गरेका हुन्।

प्रमियरसिपका अन्य खेलमा बोर्नमाउथले इप्सविच टाउनलाई २–१ ले हरायो। यसैगरी ब्रिङटन र लिसेस्टर बिचको खेलमा २–२ गोलको बराबरी भयो। चेल्सीले टोटनहाम हस्टस्पर्ससँगको खेलमा ४–३ को सफलता पायो।

अङ्क तालिकामा १४ खेल मात्र खेलेको लिभरपुल ३५ अङ्कसहित पहिलो स्थानमा छ भने १५ खेल खेलेको चेल्सी ३१ अङ्कसहित दोस्रो तथा २९ अङ्कसहित आर्सनल तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर