कांग्रेसले भन्यो : बीआरआईको ऋण लिँदैनौँ, अनुदानका परियोजना मात्रै अघि बढ्छन् « Khabarhub

कांग्रेसले भन्यो : बीआरआईको ऋण लिँदैनौँ, अनुदानका परियोजना मात्रै अघि बढ्छन्


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेसले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत नेपालमा अनुदानका मात्रै परियोजना कार्यान्यवन गरिने जनाएको छ ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा चीनले अघि बढाएको बीआरआईअन्तर्गत ऋणका परियोजना अघि नबढाउने बताएका हुन् ।

‘बीआरआई सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने, ऋण स्वीकार नगर्ने भनेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रारम्भिक प्रस्ताव थियो’, उनले भने, ‘त्यसमा सरकारले र पार्टीकोतर्फबाट पनि भनाइ राख्यौँ । हाम्रो भनाइअनुसार नै सरकारले चिनियाँ सरकारसमक्ष आफ्ना धारणा प्रस्तुत गर्‍यो ।’

बैठकपछि उनले कार्यान्वयन समझदारी फ्रेमवर्कमा नेपालको राष्ट्रिय आवश्यकता, हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर कुरा अघि बढेको पनि बताए ।

‘त्यसमा ग्रान्ट फाइनाइन्सिङ नभएर एड फाइनाइन्सिङ आयो भन्ने सार्वजनिक चर्चा छ’, उनले भने, ‘एड फाइनाइन्सिङमा ग्रान्ट फाइनाइन्सिङ स्वाभाविक रुपमा पर्ने भाइहाल्यो ।’

उनले बीआरआई फ्रेमवर्कमा परियोजनाका १० वटा सूची रहे पनि जानकारी दिए । ‘ती परियोजना सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने । जुनमा चीनले अनुदान दिन तयार हुन्छ, ती आयोजना अगाडि बढ्छन्, त्यसैअनुसार अगाडि जानुपर्छ’, महतले भने, ‘हाम्रो भनाइ अहिले पनि अनुदान सहयोग मात्रै लिने हो । त्यो चीन सरकारको सवालमा मात्रै हुँदैन । आगामी दिनमा दुई पक्षीय सरकार–सरकारबाट प्राप्त हुने ऋणको अनेकौँ शर्तहरू भएकाले त्यस्ता शर्त ऋण लिँदा देशलाई फाइदा नहुने, परियोजना कार्यान्वयन भएपछि प्राप्त प्रतिफल त्यो ऋण तिर्न सक्ने नहुने हुन सक्छ । पोखरा एयरपोर्टको पनि हामीसँग नराम्रो अनुभव छ ।’

उनले चीनको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको प्रतिफल नआउने सुनिश्चित भइसककेको बताए । ‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौँ’, उनले भने, ‘हामीलाई ऋणको बोझ धेरै छ ।’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया