सुजन चापागाईंको म्युजिकल फिल्म ‘मेरो अधुरो प्रेम’मा साइग्रेस | Khabarhub Khabarhub

सुजन चापागाईंको म्युजिकल फिल्म ‘मेरो अधुरो प्रेम’मा साइग्रेस


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक सुजन चापागाईंको नयाँ म्युजिकल फिल्म ‘एक्लै भए नि-मेरफ अधुरो प्रेम सार्वजनिक भएको छ । यसले बिछोड, पछुतो र बिछोडपछिको पीडालाई चित्रण गरेको छ ।

विशेषत: यो म्युजिकल फिल्मले अधुरो प्रेमको वेदना र प्रेम सम्बन्ध छुटेपछि पीडा देखाइएको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईं र विद्या तिवारीको स्वर छ । गीतमा संगीत भने सुजन चापागाईंले नै भरेका हुन् ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन्। अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् ।

यो म्युजिकल फिल्म सार्वजनिक भएको १७ घण्टामा युट्युबमा करिब २ लाख पटक हेरिएको छ । साथै, स‌ंगीततर्फ युट्युबको ट्रेन्डिङ नम्बर ७ मा परेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : १४ बजे

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३