लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव « Khabarhub

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्व विद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

कार्यक्रमलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो ।

प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो । सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए ।

यस महोत्सवकै अवसरमा आज बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयकमा शैक्षिक गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए । उनीहरुले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्वबारे धारणा राखेका थिए ।

बिहान कथक नृत्यांगना शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्य कलाबारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी–३ स्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग छलफल गरेकी थिइन् ।

विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो । यस अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीहरूमाझ भारतीय कलाका विविध प्रकारमा जानकारी मिलेको थियो ।

यस महोत्सवको अवसरमा भारतबाट आएको कथक नृत्य समूहले काठमाडौं र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ । जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उपमहानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरुका साथै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारी सदस्यहरुसहित प्रमुख प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । साँझमा भारत र नेपालका प्रख्यात कलाकारहरुको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्