शेखर समूहले कोशी भेला बहिष्कार गरेको कुरा उठ्यो कार्यसम्पादन बैठकमा | Khabarhub Khabarhub

कांग्रेसमा नयाँ विवाद

शेखर समूहले कोशी भेला बहिष्कार गरेको कुरा उठ्यो कार्यसम्पादन बैठकमा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विराटनगरमा गरेको कोशी प्रदेश भेला नेता डा. शेखर कोइराला समूहले बहिष्कार गरेको विषय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उठेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइराला समूहले प्रदेश भेला बहिष्कार गरेको विषय उठेको हो ।

बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कोशी प्रदेश कार्यसमितिको आयोजनामा भएको विराटनगरको भेला नेता कोइरालासहितले बहिष्कार गरेको विषयमा कुरा उठेको जानकारी दिए ।

‘कुन अनुकूलता–प्रतिकूलताले उहाँ (कोइराला) आउनुभएन । यो विषय बैठकमा उठेको छ । पार्टीपंक्तिबीच अब हामीले एकतावद्ध भएर जानुपर्छ । कुनै मनमुटाव, असन्तुष्टि, कुनै विषयमा यस्तो भए हुन्थ्यो भन्ने कुनै नेताको दृष्टिकोण छ भने पार्टीकै फोरममा, पार्टीकै संयन्त्रमा छलफल गर्नुपर्छ,’ महतले भने, ‘यस्ता कुरामा सार्वजनिक मतभिन्नता ठूलो रहेछ कांग्रेसमा भन्ने किसिमबाट प्रस्तुत हुनु हुँदैन भन्ने कुरा त्यहाँ अभिव्यक्ति दिने साथीहरूले राख्नुभएको छ ।’

प्रवक्ता महतले असन्तुष्टिका विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘व्यक्तिगत असन्तुष्टि–सन्तुष्टिभन्दा पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि–असन्तुष्टिको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी दिँदै उनले भने, ‘असन्तुष्टि बाहिर राख्नु हुँदैन । संस्थागत रुपमा नै पार्टीभित्र आफ्नो मत राख्नुपर्छ ।’

कांग्रेसको कोशी प्रदेश कार्यसमितिले मंसिर २२ गते विराटनगरमा प्रदेश भेला गरेको थियो । उक्त भेलाको दिन नेता कोइराला चितवनमा थिए । उनीनिकट कोही पनि नेता भेलामा उपस्थित भएनन् ।

त्यसअघि पार्टीको निर्देशनविपरीत विराटनगरमा कोइराला समूहले मंसिर १८ र १९ गते गते कोशी प्रदेशस्तरीय पालिकाका सभापतिहरूको भेलामार्फत् शक्ति प्रदर्शन गरेको थियो । उक्त भेलापछि कांग्रेसमा नयाँ विवाद सिर्जना भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ३५ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको