सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री « Khabarhub

सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा-  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ मा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

साविक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि भोग्दै आएका थिए ।

सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु गरिएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी संयुक्त सरकारले काम गरिरहेको बताए । उनले जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैल्याए पनि काङ्ग्रेस र एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर