बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालले व्यक्तिगत रूपमा झूटो विवरण पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अध्यक्ष सिलवालले पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता र राहदानीमा केरमेट र जालझेल गरेको, ६६ वर्ष पुग्दा पनि अनिवार्य अवकाश नपाएको लगायतका विषयमा उजुरी परेको थियो ।

तिनै विषयमाथि अनुसन्धान गर्दा अनुसन्धान गर्दा उनको नागरिकता र राहदानीमा जन्म मितिको विवरण फरक–फरक देखिएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष सिलवाल ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, ३ वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । आयोगले विशेषमा पठाएका फाइलमा सिलवालले ३६ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : २० बजे

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो