नाम्दु सब-स्टेशन सञ्चालनमा « Khabarhub

नाम्दु सब-स्टेशन सञ्चालनमा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण गरिएको ३३/११ केभी नाम्दु सब-स्टेशन सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएर पनि स्थानीयको विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याको कारण डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको उक्त सब-स्टेशनको सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् ।

३३/११ केभी सबस्टेसन चार्ज भएसँगै उक्त सबस्टेसनबाट वैतेश्वरमा विद्युत् वितरण सुरु भएको छ ।

सबस्टेसन ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले प्याकेज नौ अन्तर्गत ८ करोड लागतमा वैतेश्वर गाउँपालिकाको नाम्दुमा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले बताइन्।

ग्रीड सोलार एण्ड इनर्जीले नाम्दु सब-स्टेशनसहित बागमती प्रदेशमा १३ वटा सब-स्टेशन निर्माण गरेको उनले बताइन्।

३३/११ केभीलाई लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहको लागि ३३ केभीलाई नाम्दु भिरामुनि डाँडाघरबाट आवश्यक पोल गाडेर वैतेश्वर जिरी प्रसारण ३३/११ केभीलाई लुपआउट गरेर नाम्दु सब-स्टेशन लगिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणी न्यौपानेले बताए।

नाम्दुबाट ३ वटा फिडर अन्तर्गत विद्युत् सञ्चालन हुने कार्यालय प्रमुख न्यौपानेले बताए । योसँगै यहाँका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने उनले सुनाए।

यसअघि रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सब-स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत् सेवा नियमित उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।

सब-स्टेशन अभावमा यसअघि वैतेश्वरमा पटक पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो ।

ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले २०७८ मंसिरमा ठेक्का लगाएर सबस्टेसनको निर्माण सुरु गरेको थियो।

उक्त सब-स्टेशन सञ्चालनमा आएसंँगै अब वैतेश्वरका स्थानीयहरूले यसअघि पटक पटक झेल्दै आएको विद्युत् अवरुद्ध हुने समस्यामा कमी आउने दोलखा वितरण केन्द्रले जनाएको छ।

लामो दुरीको ३३/११ केभीमा समस्या आउँदा सिङ्गो वैतेश्वरको लाइन जाने गर्थ्यो । अब नाम्दु सवस्टेशनबाट वैतेश्वर जिरीको प्रसारण लाइनलाई लुप आउट गरेर छुट्याइएको हुँदा जिरीमा समस्या आए पनि वैतेश्वरमा बिजुली बाल्न सकिने दोलखा वितरण केन्द्रका लेखा अधिकृत माधव प्रसाईँले उल्लेख गरे।

सब-स्टेशन उद्घाटन कार्यक्रम वैतेश्वर गाउँपालिका-६ वडा अध्यक्ष असोक तामाङ,वडा नम्बर-३ का वडा अध्यक्ष कमल अधिकारीलगायतको उपस्थिति रहेको थियो।

-सुबास बस्नेत

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : ३२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले