रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ « Khabarhub

रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभापति रवि लामिछानेको पक्षमा उभिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खुसी भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको जिकिरसहित सार्वजनिक अभिव्यक्ति दिएपछि रास्वा खुसी भएको हो ।

सहकारी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लागिरहेका बेला प्रचण्डले सोमबार सरकारको कदमबारे प्रश्न उठाएका थिए । यसैलाई लिएर रास्वपाका प्रवक्ता मनिष झाले प्रचण्डलाई धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा प्रचण्डले रविलाई गरेको समर्थनको विवरण सार्वजनिक गर्दै झाले भनेका छन्, ‘धन्यवाद प्रचण्ड, राजनीतिक प्रतिशोधविरुद्धको यो संघर्षमा हाम्रो साथमा उभिनु भएकोमा हामी आभारी छौँ ।’

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा अध्यक्ष लामिछानेको पक्षमा समर्थन गरेका थिए ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ त्यसको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेका थिए ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा अध्यक्ष लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै रविलाई पर्सा लगिएको हो ।

हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : २० बजे

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर