रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ « Khabarhub

रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभापति रवि लामिछानेको पक्षमा उभिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खुसी भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको जिकिरसहित सार्वजनिक अभिव्यक्ति दिएपछि रास्वा खुसी भएको हो ।

सहकारी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लागिरहेका बेला प्रचण्डले सोमबार सरकारको कदमबारे प्रश्न उठाएका थिए । यसैलाई लिएर रास्वपाका प्रवक्ता मनिष झाले प्रचण्डलाई धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा प्रचण्डले रविलाई गरेको समर्थनको विवरण सार्वजनिक गर्दै झाले भनेका छन्, ‘धन्यवाद प्रचण्ड, राजनीतिक प्रतिशोधविरुद्धको यो संघर्षमा हाम्रो साथमा उभिनु भएकोमा हामी आभारी छौँ ।’

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा अध्यक्ष लामिछानेको पक्षमा समर्थन गरेका थिए ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ त्यसको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेका थिए ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा अध्यक्ष लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै रविलाई पर्सा लगिएको हो ।

हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : २० बजे

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको

प्रधानमन्त्रीसँग आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर