तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक : शिक्षामन्त्री « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक : शिक्षामन्त्री


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताइन्।

उनले भनिन्, ‘आँखा शरीरको महत्त्वपूर्ण तथा संवेदनशील अङ्ग हो । आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ । विश्वविद्यालय निर्माण गर्न आवश्यक छ । यो विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्छ ।’

बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरुलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने बताए।

संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह (गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन्।

उनले भनिन्, ‘दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो । यो स्वागतयोग्य निर्णय हो । तिलगङ्गाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो ।’

समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगङ्गाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ४२ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा