‘बीआरआई फ्रेमवर्क’ सम्झौताबारे ‘पर्ख र हेर’को नीतिमा अमेरिका « Khabarhub

कूटनीति

‘बीआरआई फ्रेमवर्क’ सम्झौताबारे ‘पर्ख र हेर’को नीतिमा अमेरिका

पत्रकारसँग अमेरिकी मन्त्रीले भने- दस्तावेजको प्रतिक्षा गर्छौँ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र चीनले गत मंसिर १९ गते बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका विषयमा अमेरिकाले तत्कालै टिप्पणी नगर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुले सोमबार काठमाडौंमा पत्रकारमाझ नेपाल र चीनबीच हस्ताक्षरित बीआरआई फ्रेमवर्क सम्झौतासम्बन्धी दस्तावेज जारी गरेकोबारे टिप्पणी गर्ने कुरामा आफूहरूले केही समय कुर्ने बताए ।

दुई दिने भ्रमण सकेर अमेरिका फिर्ता हुनुअघि लुले पत्रकारसँग भने, ‘हामी दुई देशबीच भएको हस्ताक्षरको दस्तावेज सार्वजनिक हुन्जेललाई प्रतिक्षा गर्छौँ ।’

नेपाल र चीनले प्रधानमन्त्री ओली उत्तरी छिमेकीको भ्रमणमा रहेका बेला बीआरआईअन्तर्गतको सहयोग कार्यान्वयनका लागि फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए ।

नेपाल र चीन सरकारबीच बेइजिङमा आयोजित एक विशेष समारोहमा सम्झौतालाई औपचारिक रूप दिएपछि प्रधानमन्त्री ओलीको भ्रमणले अमेरिकासहित विश्वशक्ति राष्ट्रको पनि ध्यान तानेको थियो ।

‘संयुक्त राज्य अमेरिका नेपालले भारत र चीनसहित आफ्ना सबै छिमेकीसँग राम्रो सम्बन्ध राखोस् भन्ने मान्यता राख्छ । तर यो सम्बन्ध नेपाली सम्प्रभूता र स्वतन्त्रताका लागि पारस्परिक समानता र सम्मानमा आधारित हुनुपर्छ’, उनले पत्रकारहरूलाई अगाडि भने ।

त्यसक्रममा लुले भारत, चीन, भुटान, बंगलादेश, श्रीलंका, मालदीभ्स र अन्य छिमेकी देशसँग आफ्नो सम्बन्धबाट लाभान्वित हुने नेपालको महत्वमा जोड दिएका छन्।

‘संयुक्त राज्य अमेरिकाले कयौँ क्षेत्रमा नेपालको समर्थन र समर्थन दिइरहेको छ । विशेष रूपमा नेपालको आर्थिक विकास र सम्बन्धलाई बढावा दिने कुरा प्राथमकितामा छ। नेपालले एक मजबुत देश बनाउने लक्ष्यसहित बाहिरी प्रभावबाट मुक्त भएर स्वतन्त्र निर्णय लिन सक्ने विश्वास छ’, उनले भनेका छन् ।

आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एमाले उपाध्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहित नेपाली नेतासँग भेटवार्ता गरेका छन् । यी द्विपक्षीय बैठकलाई उनले नेपाल-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ‘रचनात्मक र उत्साहजनक’ भनेका छन् ।

उनले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टको कार्यान्वयनमा ‘वास्तविक प्रगति’बारे पनि चर्चा गरे । जसलाई उनले विशेष रूप से उत्साहजनक पाएको बताएका छन् ।

‘हफ, मैले एमसीसीबारेमा नेपाली नेतासँग वार्ता गरे, त्यसक्रममा यसको कार्यान्वयन प्रगतिबाट उत्साहित छु’, उनले भने, ‘मैले एमसीसी कार्यान्वयनलाई लिएर नेपाली नेताहरू पनि उत्तिकै उत्साहित रहेको पाएँ ।’

उपमन्त्री लुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा नेपालको प्रशंसा गरे । ‘अझै अगाडि कयौँ चुनौतीपूर्ण कदम चाल्नुपर्ने छ । तर अहिले संक्रणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरिनु ठूलो सन्देश हो ।’

उनले जनवरी २०२५ जनवरीमा अमेरिकामा डोनाल्ड ट्रम्पको नयाँ प्रशासनले कार्यभार सम्हालेपछि पनि नेपालसँगको सहकार्य यथावत राख्ने प्रतिवद्धता जनाए ।

लुले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा प्रगतिको सराहना गरे। उनले एमसीसी कम्प्याक्टको कार्यान्वयन, बढ्दो युएसएआईडी सहयोग, गतिशील विकास वित्त सहयोग अनुदा, पीस कोर स्वयम्सेवी कार्यक्रम र लगानी शिखर सम्मेलनका उपलब्धिलाई उनले प्रगतिको सूचकका रुपमा पेश गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : ०१ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको