काठमाडौं महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान « Khabarhub

काठमाडौं महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ ।

महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले आज सो कार्यको औपचारिक उद्घाटन गरे । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए ।

उनले भने, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।”महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गर्नुभयो । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उहाँले जानकारी गराए ।

कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्याङ्कमा महानगरवासी सुसूचित हुने बताए ।

यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २।५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरू हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।

यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन् । यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन् ।

‘स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी’ को उद्देश्यलाई आत्मसात गर्दै महानगरपालिकाले वायुप्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ९ : २४ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल