परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्री बेटेलबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्री बेटेलबीच भेटवार्ता


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ ।

सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गका प्रधानमन्त्री पनि रहेका बेटेलसँग परराष्ट्रमन्त्री देउवाले लक्जमबर्ग सिटीस्थित बेटेलकै कार्यकक्षमा भेटघाट गरेकी हुन् ।

भेटवार्ता क्रममा नेपाल-लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जानकारी दिएको छ ।

भेटघाट अवसरमा नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्ग बीचको आर्थिक सहकार्यबारे दुई देशका मन्त्रीहरूले विचार आदानप्रदान गरेका थिए । वार्ता क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र त्यसबाट निम्तिएको जलवायु परिवर्तनको असरबारे पनि कुराकानी भएको थियो ।

जलवायु परिवर्तनको असरको चपेटामा परेको नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा. देउवाले सो भेटका क्रममा जानकारी गराएकी थिइन्‌ । उनले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरिन्‌ ।

मन्त्री देउवाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी बताइएको छ ।

नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ५८ बजे

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा