परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्री बेटेलबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्री बेटेलबीच भेटवार्ता


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ ।

सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गका प्रधानमन्त्री पनि रहेका बेटेलसँग परराष्ट्रमन्त्री देउवाले लक्जमबर्ग सिटीस्थित बेटेलकै कार्यकक्षमा भेटघाट गरेकी हुन् ।

भेटवार्ता क्रममा नेपाल-लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जानकारी दिएको छ ।

भेटघाट अवसरमा नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्ग बीचको आर्थिक सहकार्यबारे दुई देशका मन्त्रीहरूले विचार आदानप्रदान गरेका थिए । वार्ता क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र त्यसबाट निम्तिएको जलवायु परिवर्तनको असरबारे पनि कुराकानी भएको थियो ।

जलवायु परिवर्तनको असरको चपेटामा परेको नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा. देउवाले सो भेटका क्रममा जानकारी गराएकी थिइन्‌ । उनले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरिन्‌ ।

मन्त्री देउवाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी बताइएको छ ।

नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ५८ बजे

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा