आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थपियो « Khabarhub

आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थपियो


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थप भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थप भएको जनाएको हो ।

विभागले एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरूले आय विवरण पेश गर्ने म्याद थप गर्न माग गरेमा पुस मसान्तसम्म बुझाउन सकिने जनाएको छ ।

‘विभागको मिति २०८१/०८/२३ को निर्णयअनुसार वार्षिक कारोबार रु (एक) करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरूले आ.व. २०८०/८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको इन्टिग्रेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली २०८१ पुस मसान्तसम्म म्याद थप हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागको सूचनामा उल्लेख छ .

विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक तथा व्यापारिक छाता संगठनले आय विवरण पेश गर्ने म्याद थपको लागि माग गरेकाले कानूनमा भएको व्यवस्था अनुसार सो निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले