‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई « Khabarhub

‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।

अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा स्थापित सो पुरस्कार अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अवसरमा भण्डारीलाई प्रदान गरिएको हो ।

मानवअधिकार, कानुनी शासन एवम्‌ सामाजिक न्यायका क्षेत्रमा भण्डारीले पुर्‍याएका योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।

७६ओैँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलवार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पोैडेलले वरिष्ठ अधिवक्ता भण्डारी उक्त पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरे ।

अधिकारकर्मी दयाराम परियारको मानवअधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाही कालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागि उपचारको क्रममा चैत १५ गते निधन भएको थियो । उनै परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गर्ने गरिएको छ ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेमकुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती र डाक्टर रेणु अधिकारी लगायतले ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ०० बजे

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल