प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

मङ्गलबार बसेको सचिवालय बैठकले बाहिर जे जस्ता कुराहरू आएपनि विशेषतः प्रधानमन्त्रीको भ्रमण सफल भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै, उपनिर्वाचनमा एमाले शहरी क्षेत्रमा चुकेको भन्दै यसको समीक्षा गर्ने समेत पार्टीले निष्कर्ष निकालेको छ। अन्य क्षेत्रमा पहिलाको भन्दा मत बढेको भएपनि शहरी क्षेत्रमा प्राविधिक कारणले एमालेको भोट खस्केकाले यसको गम्भीर समीक्षा गर्ने छलफल भएको नेताहरूले भनाइ राखेका ज्ञवालीले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा गरेका विभिन्न सहमति र बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) विषयमा एमाले अध्यक्ष एवम्‌ प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओली मङ्सिर १७ गते औपचारिक भ्रमण निम्ति चीन प्रस्थान गरेका थिए । भ्रमण क्रममा चीनसँग बीआरआई फ्रेमवर्क सहकार्य सम्झौता भएको थियो ।

यो पनि –

‘बीआरआई फ्रेमवर्क’को पूर्णपाठ : प्राथमिकतामा सुरुङमार्ग, जलविद्युत् र सीमापार रेल, सम्झौताको अवधि ६ वर्ष

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ४४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको