प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

मङ्गलबार बसेको सचिवालय बैठकले बाहिर जे जस्ता कुराहरू आएपनि विशेषतः प्रधानमन्त्रीको भ्रमण सफल भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै, उपनिर्वाचनमा एमाले शहरी क्षेत्रमा चुकेको भन्दै यसको समीक्षा गर्ने समेत पार्टीले निष्कर्ष निकालेको छ। अन्य क्षेत्रमा पहिलाको भन्दा मत बढेको भएपनि शहरी क्षेत्रमा प्राविधिक कारणले एमालेको भोट खस्केकाले यसको गम्भीर समीक्षा गर्ने छलफल भएको नेताहरूले भनाइ राखेका ज्ञवालीले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा गरेका विभिन्न सहमति र बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) विषयमा एमाले अध्यक्ष एवम्‌ प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओली मङ्सिर १७ गते औपचारिक भ्रमण निम्ति चीन प्रस्थान गरेका थिए । भ्रमण क्रममा चीनसँग बीआरआई फ्रेमवर्क सहकार्य सम्झौता भएको थियो ।

यो पनि –

‘बीआरआई फ्रेमवर्क’को पूर्णपाठ : प्राथमिकतामा सुरुङमार्ग, जलविद्युत् र सीमापार रेल, सम्झौताको अवधि ६ वर्ष

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ४४ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट