३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल « Khabarhub

३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोजको तुलनमा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८.२ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७९र०८० को अन्तिम महिना असारको तुलनामा गत आर्थिक वर्षको अन्तिम महिना असारमा ८.८१ प्रतिशतले घटेको बैंकिङ क्षेत्रको नाफामा पछिल्लो समय सुधार भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९/०८० को असारमा बैंकिङ क्षेत्रको नाफा ६.७९ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रुपैयाँ पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकको नाफा २२ अर्ब २९ करोड ९० लाख, विकास बैंकको दुई अर्ब तीन करोड ७० लाख र फाइनान्स कम्पनीको ६५ करोड ६० लाख रुपैयाँ छ ।

वाणिज्य बैंकतर्फ नबिल अब्बल, पौने तीन अर्ब नाफा

गएको कात्तिकमा देशका कुल २० वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै अर्थात् दुई अर्ब ६९ करोड १० लाख ४० हजार रुपैयाँ नाफा गरेको छ ।

कात्तिकमा एनआइएमबी बैंकले एक अर्ब ८२ करोड २० लाख ९० हजार, प्राइम बैंकले एक अर्ब ६६ करोड ४४ लाख, एभरेष्ट बैंकले एक अर्ब ५० करोड ९३ लाख एनएमबी बैंकले एक अर्ब ४८ करोड ३२ लाख र प्रभु बैंकले एक अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सोही अवधिमा स्टान्डर्ड चाटर्ड बैंकले एक अर्ब १३ करोड ७३ लाख १० हजार, कुमारी बैंकले एक अर्ब ५९ करोड ४ लाख ९० हजार र नेपाल एसबीआई बैंकले एक अर्ब सात लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् ।

समीक्षा अवधिमा अन्य वाणिज्य बैंकको नाफा भने एक अर्ब भन्दा कम रहेको तथ्याङ्कले देखाएको छ । ग्लोबल आईएमई बैंकले आफ्नो वासलात राष्ट्र बैंकमा बुझाएको देखिँदैन ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ५६ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको