‘चिकित्सकको परामर्शमा मात्र हाइड्राफेसियल गर्नु उचित’ | Khabarhub Khabarhub

‘चिकित्सकको परामर्शमा मात्र हाइड्राफेसियल गर्नु उचित’


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पानीको प्रयोग गरेर गरिने फेसियल हाइड्राफेसियल हो। यो अहिलेको समयमा छालालाई सुन्दर बनाउने प्रक्रियामध्ये एकदमै लोकप्रिय उपचार विधि मानिन्छ। हाइड्राफेसियलमा डिभाइसको सहायताले पोर्सबाट फोहोर र मृत कोषिकाहरू हटाइन्छ। यो उपचार धेरै चरणमा पूरा हुन्छ। यसमा भ्याकुम आधारित किल्जिङ, एक्सफोलिएसन, एक्सट्रेक्शन, हाइड्रेसन र पोषक तत्त्वको संयोजन गरिन्छ। हाइड्राफेसियल के हो ? यो कुनकुन उमेर समूहले गर्न मिल्छ ? यो कत्तिको प्रभावकारी छ ? भन्ने विषयमा वरिष्ठ प्लाष्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीसँग सृष्टी बरालले गरेको कुराकानीः

हाइड्राफेसियल भनेको के हो ?
फेसियल विभिन्न प्रकारका हुन्छन्। जस्तै क्रिमहरु लगाएर विभिन्न पार्लरमा गरिन्छ। त्यो भन्दा फरक विधि अपनाएर पानीको फोहोराले छालाको फोहोर सफा गर्ने प्रविधिलाई हाइड्राफेसियल भनिन्छ।

यो कुन कुन उमेर समूहले गर्न मिल्छ ?
यो जुनसुकै उमेर समूहले गर्न सक्छन्। तर यसमा प्रयोग हुने सामग्री उमेर अनुसार फरक हुन्छन्। यसको प्रयोग महिला-पुरुष दुवैमा हुन्छ।

हाइड्राफेसियलले वास्तवमा कसरी काम गर्छ ?
हाइड्राफेसियलले मुख्य छालालाई सफा गर्ने काम गर्छ। छालामा साना साना प्वाल हुन्छन्। त्यो भित्र फोहोर जमेको हुन्छ। हाइड्राफेसियल गर्दा यसरी जमेको फोहोर निकाल्ने काम हुन्छ। यो विधिमा एसिडेट र क्यामिकल प्रोडक्टले फोहोरलाई सफा गर्ने सँगसँगै भ्याकुमले तान्ने काम गर्छ। यसमा विभिन्न हाते औजारहरु हुन्छन्। ती औजारका छुट्टाछुट्टै काम हुन्छन्। कुनैले छाला तन्काउने काम गर्छन् भने कुनैले छालामुनीको तह सेक्ने काम गर्छन्।

हाइड्राफेसियल जुनसुकै उमेर समूहले गर्न सक्छन्। तर यसमा प्रयोग हुने सामग्री उमेर अनुसार फरक हुन्छन्। यसको प्रयोग महिला-पुरुष दुवैमा हुन्छ।

पछिल्लो समय हाइड्राफेसियलप्रति आकर्षण किन बढेको छ ?
पछिल्लो समय सेलिब्रेटीले धेरैले प्रयोग गर्न थालेपछि यसप्रति आकर्षण बढेको हुनसक्छ।

हाइड्राफेसियल एकपटक गरिसकेपछि सधैं नगर्दा यसको असर कस्तो हुन्छ ?
एकपटक गरेपछि सधैं गर्नुपर्छ भन्ने हुँदैन। एक-दुई महिनामा गर्नु राम्रो हुन्छ। त्यो सम्भव नभए वर्षमा एक पटक गर्दा पनि त्यसले राम्रो प्रतिफल दिन्छ।

यो कत्तिको प्रभावकारी छ ?
फेसियलको लागि धेरै प्रभावकारी छ। यसले छालामा चमक ल्याउँछ। तर यसले अनुहारमा भएको चाया वा पोतो जान्छ भन्ने सोच्नुभएको छ भने त्यो होइन।

हाइड्राफेसियल छालाको प्रकृति र अवस्था हेरेर गरिने हो ?
यसको उपचारको सुरुवात नै छालालाई हेरेर गरिन्छ। छालाको प्रकृति र अवस्था हेरेर हाइड्राफेसियल हुन्छ। छाला फुस्रो छ भने त्यसमा चिल्लो पदार्थ बढी प्रयोग गरिन्छ। जसको प्रयोगबाट छाला चिल्लो बनाउन सकियोस्। छालाको प्रकृति हेरेर फरक फरक विधिको प्रयोग गरिन्छ।

ब्युटीपार्लर र स्कीन क्लिनिकमा गरिने हाइड्राफेसियलमा के फरक छ ?
हामीले चलाउने मेसिना उस्तै हुन्। तर क्रिम केही फरक खालका हुन्छन्।

हाइड्राफेसियल एकपटक गरेपछि सधैं गर्नुपर्छ भन्ने हुँदैन। एक-दुई महिनामा गर्नु राम्रो हुन्छ। त्यो सम्भव नभए वर्षमा एक पटक गर्दा पनि राम्रो प्रतिफल दिन्छ।

हाइड्राफेसियलले छालाको क्यान्सर गराउँछ, चाउरी पर्छ भन्छन्। वास्तविकता के हो ?
यसले छालामा चाउरी पार्दैन। मसिना आउन लागेका चाउरीपनलार्ई रोक्ने काम गर्छ। क्यान्सर हुने सम्भावना पनि छैन। यो बाहिरी सतहमा मात्रै गरिने उपचार प्रविधि भएकाले छालामा कुनै पनि खालको असर गर्दैन।

हाइड्राफेसियलले अनुहारमा दाग बसेको भन्ने पनि सुन्नमा आउँछ। यो के कारणले होला ?
विभिन्न प्रक्रिया अपनाएर छाला भित्रको फोहोर निकाल्नुपर्ने हुन्छ। मुख्यतया नाकमा लामो समयसम्म ब्याकेटहरु ननिकाल्दा कहिलेकाहीँ दाग बस्छ। तर त्यो केही दिनमै निको भएर जान्छ।

हाइड्राफेसियल गर्दा कस्ता खाले क्रिमको प्रयोग गरिन्छ ?
छालाको बाहिरी सतह सफा गर्ने क्रिमको प्रयोग हुन्छ। भिटामिन सी सेरम, मल्टी अक्सिजन जस्ता सिरमका साथै अल्फा एसीडको प्रयोग गरिन्छ। जसले छालाको बाहिरी सतह सफा गर्दछ।

यसमा रसायनको पनि प्रयोग हुने हो ?
हो। हाइड्राफेसियलमा एसीड रसायनकै प्रयोग गरिने हो। कुन उमेरलाई कति मात्रा प्रयोग गर्ने भन्ने हुन्छ।

तपाईंको क्लिनिकमा कस्ताकस्ता व्यक्ति हाइड्राफेसियलका लागि आउने गर्दछन् ?
सबैखाले मानिस हाइड्राफेसियलका लागि आउँछन्। विशेष गरेर २० देखि ३५-४० वर्षका महिला बढी आउने गर्दछन्।

कस्तो प्रकारको छालामा कस्तो उपचार गरिन्छ ?
अलिकति झोलिएको छाला छ भने त्यसमा रेडियो फ्रिक्वेन्सीको प्रयोग हुन्छ। मेलाज्मा छ भने कुलिनको प्रयोग गरिन्छ। छालाको प्रकृति हेरेर त्यसै अनुसारको उपचार हुन्छ।

सबैखाले मानिस हाइड्राफेसियलका लागि आउँछन्। विशेष गरेर २० देखि ३५-४० वर्षका महिला बढी आउने गर्दछन्।

हाइड्राफेसियल कत्तिको खर्चिलो छ ?
पहिला महँगो नै थियो। तर पछिल्लो समय सबै खालका व्यक्तिले गर्नसक्ने अवस्था छ।

हाइड्राफेसियल गर्न चाहनेका लागि कुनै सुझाव छ कि ?
हाइड्राफेसियल गर्नु अगाडि यसबारे राम्रोसँग बुझ्नु आवश्यक हुन्छ। यो गर्नु भन्दा अगाडि छालाको डाक्टर र प्लाष्टिक सर्जनसँग सल्लाह लिएर गर्नु सबैभन्दा राम्रो हुन्छ।

वरिष्ठ प्लाष्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीसँगको कुराकानीः

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : २० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि