गाजा युद्धमा अमेरिकी चासो : समाधानको बल इजरायलमा | Khabarhub Khabarhub

गाजा युद्धमा अमेरिकी चासो : समाधानको बल इजरायलमा


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अमेरिकी स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिङ्कनले तीन महिनाको अन्तरालमा चार पटक मध्यपूर्वको भ्रमण गरे। यो भ्रमणका बारे उनले प्रस्ट केही बताएका छैनन्। परन्तु, उनको उद्देश्य अहिले गाजामा जारी युद्ध फैलिएर क्षेत्रीय विवादमा नपुगोस् भन्ने हो। उनको दक्षिण पूर्वी एसियाको भ्रमण टर्की, जोर्डन, कतार हुँदै संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र इजरायलसम्मको हो।

अहिले युद्ध गाजामा मात्र छैन, एउटा निश्चित क्षेत्रमा नै छ। यमनमा विद्रोहीले रेड सीमा यात्रा गरिरहेका सर्वसाधारणलाई मिसाइल र ड्रोन प्रहार गरेका छन्। यसको कारण महत्त्वपूर्ण पानीको बाटो समेत अहिले अवरुद्ध भएको छ।

अहिले अमेरिकाको थप चासो पनि हुनसक्छ। पहिलो चासो आर्थिक गतिविधि नै हो। अरबमा रहेका अमेरिकी सहयात्रीलाई उत्साहित गराउने अर्को लक्ष्य हुनसक्छ।

दोहामा ब्लिङ्कनसँगै संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने क्रममा कतारी प्रधानमन्त्रीले भने, ‘हामीले सैन्य गतिविधिले समस्या समाधान नहुने बुझी सकेका छौं।’ सेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले यस किसिमको गतिविधिले त्यस क्षेत्रमा कहिले पनि नसकिने तनावको सिर्जना गर्ने बताए।

दोहामा ब्लिङ्कनसँगै संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने क्रममा कतारी प्रधानमन्त्रीले भने, ‘हामीले सैन्य गतिविधिले समस्या समाधान नहुने बुझी सकेका छौं।’

शनिबार दक्षिणी लेबनानमा रहेको अजीबुल्ला समूहले उत्तरी इजरायलमा बम प्रहार गरेको छ। इजरायलले पनि हमासको नेतालाई लक्षित गरेको आक्रमणमा लेबनानका केही भाग निसानामा परेका छन्। बेरुतमा रहेका हमास नेतालाई मार्ने योजना इजरायलको छ। ब्लिङ्कनले पनि हजीबुल्लाहसँग क्षेत्रीय गतिविधि निर्भर रहेको बताएका छन्।

ब्लिङ्कनले त्यस क्षेत्रमा भएको गतिविधिलाई टर्कीले पनि चासो दिएर हेरिहरेको बताएका छन्। इजरायलले हजीबुल्लाहसँगको लडाइँ महँगो पर्नसक्ने अनुमान धेरैको छ। यस कारण त्यसलाई जोखिम पूर्ण गतिविधि पनि मानिएको छ। वासिंङटन पोस्टको एक रिपोर्टले पनि यो व्यवस्थापन गर्ने काम एकदमै अप्ठेरो मानेको छ।

इजरायली रक्षामन्त्री योदाभ गोलानले अहिले आफूहरू एक किसिमको कूटनीतिक बाटोको खोजीमा रहेको बताएका छन्। यसैगरी इराक र सिरियाबाट त्यहाँ रहेको अमेरिकी अड्डामा समेत रकेट र बम प्रहार हुन थालेको छ।

बेरुतमा रहेका हमास नेतालाई मार्ने योजना इजरायलको छ। ब्लिङ्कनले पनि हजीबुल्लाहसँग क्षेत्रीय गतिविधि निर्भर रहेको बताएका छन्।

तीन हजार भन्दा बढी अमेरिकी रहेको स्टेसनमा यस किसिमको आक्रमण भएको हो। गत अक्टोबरमा पनि अमेरिकीलाई लक्षित गर्दै यस किसिमको आक्रमण भएको थियो। त्यसले कुनै अमेरिकीको ज्यान लिएन। विभिन्न सञ्चार माध्यमका अनुसार त्यस आक्रमणमा केही दुरी फरक परेको कारण अमेरिकी स्टेसनमा त्यस्तो गम्भीर क्षति हुन नपाएको हो।

अमेरिकाले पनि त्यस क्षेत्रमा धेरै सैन्य गतिविधि गरिरहेको छ। यो गतिविधि गत साता भएको इराकको समर्थनमा रहेका मुस्ताब ताबेल अल सइदीको मृत्यु पनि हो। हरेक गतिविधिले मध्य क्षेत्रमा स्थिरता निम्त्याउन सक्ने भएकाले नै ब्लिङ्कनले सबैसँग सल्लाह गरेर स्थायी समाधानको बाटो खोजेका हुन्।

कतारमा बोल्दै ब्लिङ्कनले अमेरिकाले दीर्घकालीन समस्या समाधानको बाटो खोजी रहेको बताए। उनको पहिलो चासो भनेको इजरायलको गाजा र प्यालेस्टाइनमा भएको आक्रमण फैलिएर त्यसले सिङ्गो अरबकै वातावरण खराब बनाउने त होइन भन्ने नै हो। यसलाई फैलन नदिन आफूहरूको प्रयास रहेको कुरामा उनको जोड थियो।

इजरायल र प्यालेस्टाइन दुवै कसरी सुरक्षित रहने भन्ने प्रस्ट योजना रहेको उनले बताए। उनले महत्त्वपूर्ण निर्णय गर्ने क्रममा अरबमा रहेका आफ्ना पार्टनरसँग सल्लाह गरेका छन्। साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटपछि अमेरिका मध्यपूर्वको शान्ति र समस्या समाधानमा बढी नै सचेत रहेको भने प्रस्ट भएको छ। तर धेरैसँग इजरायलको सम्बन्ध नै एउटा बाधा भने हुनसक्ने देखिएको छ।

कतारमा बोल्दै ब्लिङ्कनले अमेरिकाले दीर्घकालीन समस्या समाधानको बाटो खोजी रहेको बताए। उनको पहिलो चासो इजरायलको गाजा र प्यालेस्टाइनमा भएको आक्रमण  फैलन नदिनु रहेको उनको जोड थियो।

अहिले ब्लिङ्कनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतेन्याहु र युद्धका हस्तीसँग भेट्नु अघि टर्की र इराकमा भएको भेटले कूटनीतिक रूपले अरबको समस्या समाधान गर्न चाहेको प्रस्ट भएको छ। तर यसमा सबै सबै भन्दा धेरै भूमिका इजरायलकै हुने गरेको छ।

अहिले उनी इजरायलमा छन्। सबै कुराको निर्णय इजरायलले नै गर्नेछ। उनले सोमबार मात्र लामो समयको भ्रमणबाट इजरायलले चाहेमा समस्याको समाधान हुनसक्ने तथा अरबमा दीर्घकालीन समस्या समाधान हुनसक्ने बाटो खुला भएको बताएका छन्।

यस क्षेत्रमा गाजाको युद्ध मात्र होइन रेड सिको समस्या लेबनानको समस्या तथा इराक र समस्याको समाधान पनि वार्ताको मुख्य विषय हुन्। कतारी प्रधानमन्त्रीले पनि गाजाको समस्या समाधान नभई अन्य समाधानको बाटो अगाडि नै बढ्न नसक्ने बताएका छन्। नोभेम्बरको भ्रमणमा ब्लिङ्कनले अंकारामा रहेकै समयमा टर्कीलाई युद्ध नचाहने देशको रूपमा व्याख्या गरेका थिए। उनले अहिले अमेरिका लामो युद्ध नचाहने देशको रूपमा मध्यपूर्वमा प्रस्तुत भइरहेको सन्देश दिएका छन्।

कतारी प्रधानमन्त्रीले पनि गाजाको समस्या समाधान नभई अन्य समाधानको बाटो अगाडि नै बढ्न नसक्ने बताएका छन्।

यस भ्रमणमा अर्थ इजरायलसँगको केही आर्थिक सहकार्यको विषयमा पनि हुनसक्छ। गाजामा तनाव सुरु भएपछि अमेरिकाको चासो साउदी अरेबिया र इजरायलको सम्बन्ध सुमधुर बनाउने पनि हो। अहिले पछिल्लो समय संयुक्त अरब इमिरेट्स, अरब बहराइन, सुडान र मोरक्कोले पनि इजरायलसँग सम्बन्ध सुमधुर बनाएका छन्।

वेस्ट बैंकमा रहेको केही अतिवादी यहुदीको कारण उत्पन्न समस्यामा इजरायलको चासो रहनुपर्ने कुरामा ब्लिङ्कनले इजरायलसँग कुरा राख्ने छन्। स्रोतः बीबीसी, रोयटर्स

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५६ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन