तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ « Khabarhub

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई  चिसोबाट जोगाउन न्यानाे कपडा वितरण सुरु गरेको छ ।

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत १० लाख बजेट विनियोजित गरिएको बताए । ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ ।

पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका  ज्येष्ठ नागरिकको घरमै पुगेर न्यानाे कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए ।  ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ३९ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत