यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म « Khabarhub

यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मुम्बई– नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भर पर्छ ।

तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरूको सूची निकाल्ने गरेको छ । आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।

सूचीमा ९ वटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ वटा तेलगु भाषाका । सूचीमा ४ वटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।

सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदै छ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।

यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरु नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ ।

 यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।

 यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०८ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट