यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म | Khabarhub Khabarhub

यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मुम्बई– नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भर पर्छ ।

तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरूको सूची निकाल्ने गरेको छ । आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।

सूचीमा ९ वटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ वटा तेलगु भाषाका । सूचीमा ४ वटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।

सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदै छ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।

यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरु नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ ।

 यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।

 यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०८ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि