बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण « Khabarhub

बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाकाबंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको सपथ लिएका छन् । सांसदहरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका थिए । 

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ । 

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए । 

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशंका व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : २५ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा