बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण « Khabarhub

बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ढाकाबंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको सपथ लिएका छन् । सांसदहरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका थिए । 

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ । 

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए । 

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशंका व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : २५ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण