इक्वेडरको जेलबाट ३९ कैदी फरार « Khabarhub

इक्वेडरको जेलबाट ३९ कैदी फरार


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इक्वेडर– इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विस्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए। 

प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए । 

फरार हुनेमा ‘लस लोबोस’ आपराधिक संगठनसंग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ । अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् । 

रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दङ्गा भड्किनुका साथै सोमबार राति र मंगलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।

सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कफ्र्यूसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : ३८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो