डा विशद दाहालको निलम्बन फिर्ता « Khabarhub

डा विशद दाहालको निलम्बन फिर्ता


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा विशद दाहालमाथि नियमविपरीत लगाइएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ।

बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात मेडिकल कलेज (केएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको हो। अब केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको छ।

यसअघि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि डाक्टर दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिएका थिए ।

 बुधबार केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरू सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको छ।

फिल्ड वर्कका विषयमा डा दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ११ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ