चोरीपैठारी गरेको आठ लाखको धान बरामद | Khabarhub Khabarhub

चोरीपैठारी गरेको आठ लाखको धान बरामद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ ।

भारतका विभिन्न स्थानबाट चोरीपैठारी गरी ल्याएर नेपालमा फर्जी बिल बनाएर बेच्न लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भिट्ठामोडबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले ६४ बोरा धान नियन्त्रणमा लिएको जनाइएको छ ।

मटिहानी नाकाबाट भित्र्याइएको धान प्रदेश २-०२-००१ त ०३३ नंको ट्रयाक्टरमा राखेर जनकपुर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रु सात लाख ६४ हजार मूल्य बराबरको धान र ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको धान र ट्रयाक्टर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वर (मलिबारा) मा बुझाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ४१ बजे

ललितपुर महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

सिरहा– सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

म्याग्दी– दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश

‘सिमलताल विपत्ति चेकड्याम नबनाउँदाको परिणाम’

मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा शुक्रबार राति ३ बजेतिर आएको गेग्रानसहितको लेदो

अनलाइन ठगी गर्ने एक महिला पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालयले अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई पक्राउ