प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई « Khabarhub

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो ।

हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही लैजाने प्रहरीको तयारी छ । उनीविरूद्ध अनुयायी बेपत्ता पारेको आरोपमा सर्लाहीमा उजुरी परेको छ ।

बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ ।

त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

यो पनि…

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ४१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर