विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान « Khabarhub

विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा  गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो ।

विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको र त्यसबाट बालबालिकामा असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताए।

उक्त क्लबले र्याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उनको भनाइ थियो । 

विद्यालय नजिक दर्जनौँ सङ्ख्यामा पसल रहेका र तीमध्ये कतिपय पसलमा मदिरासमेत बिक्री भइरहेको गुनासो आएको क्लबका सदस्यहरूले बताए । 

विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्त विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ । कानुनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकबाट समेत दबाब आइरहेको विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईंले बताए।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको