'दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ' | Khabarhub Khabarhub

‘दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ’


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले रोजेको पार्टी सहज ढंगले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । 

एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए । महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड दिए। 

नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए । महासचिव पोखरेलले एमालेमाथि यतिबेला सबैले प्रहार र निशाना बनाउन थालेको आरोप लगाए । 

पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले प्रशिक्षण राजनीतिक र सैद्धान्तिक विषयमा मात्र नभइ अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफूलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरे। उनले विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिक तलतिर झर्ने क्रम बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, रचना खड्का, दिनेश पन्थी, नेता राजेन्द्र अर्याललगायतका नेताको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ११ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले