कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य « Khabarhub

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् ।  कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । 

सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् । 

यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९-०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शमशेर राईले बताएका छन् ।

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १० बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको