राष्ट्रियसभा निर्वाचनमा एमालेले समाजवादीलाई पाखा लगाउन खोज्यो : माधव नेपाल | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा एमालेले समाजवादीलाई पाखा लगाउन खोज्यो : माधव नेपाल


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँड गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् ।

प्रचण्डसँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए । उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरू मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम  गर्न सक्नुपर्ने धारणा राखे ।

उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ३४ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा