पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु  « Khabarhub

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको उत्पादन तथा बिक्री बितरण सुरु गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उत्पादन तथा विक्रि बितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री रिजालले सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० मा दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारको प्रतिबद्धतालाई पुरा गर्न पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले मद्दत पुग्ने बताए ।

पौष्टिक तत्वको कमीका कारण हुने कुपोषणलाई अन्त्य गर्न सूक्ष्म पोषक तत्व लाभदायी हुने उनले बताए । मन्त्री रिजालले अधिकांश जनसङ्ख्याले प्रयोग गर्ने चामलको स्तरोन्नति गर्दा पोषण अवस्थामा सुधारका लागि मद्दत पुग्ने जिकिर गरे ।

चामलसम्बन्धी मापदण्ड तयार गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भएको छ । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ०५ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व