पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उर्मिला चेम्जोङ पक्राउ  « Khabarhub

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उर्मिला चेम्जोङ पक्राउ 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल कीर्तिपुरको ट्याङलाफाँट बस्ने ४८ वर्षीय उर्मिला चेम्जोङ रहेकी छिन् ।

चेम्जोङले संगत थापा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी १० लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चेम्जोङको खोजतलास गर्ने क्रममा बुधबार कीर्तिपुरको  ट्याङलाफाँटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया