प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने  « Khabarhub

प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा जाने जानकारी दिएकी हुन् ।

बैठकले माघ ५ देखी ६ सम्म हुने सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागी हुने उनले जानकारी दिइन् ।

बैठकले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५ गतेसम्म थप गरेको छ भने प्रधानमन्त्री दैविप्रकोप सहायता कोषबाट २ अर्ब रुपैयाँ विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिइन् ।

त्यस्तै बैठकले चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा गर्न भरतपुर महानगरपालिकालाई सहमति प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३१ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६