जनताको लागि मिसन बनाएर हिँडिरहेका छौँ : परराष्ट्रमन्त्री साउद « Khabarhub

जनताको लागि मिसन बनाएर हिँडिरहेका छौँ : परराष्ट्रमन्त्री साउद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधबार आयोजित नेपाल दलित संघको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने ‘अन्य पार्टीहरूले मिसन ८४ भनिरहेका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,’ ।

मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताए। साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताए । उनले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गीय प्रतिनिधित्व कम भएको समेत बताए । 

आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरू पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताए । महिला सशक्तीकरण बलियो हुँदै गएको मन्त्री साउदको भनाई थियो। 

उनले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको पनि बताए । परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौँको परियोजनाबाट दीर्घकालीन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बताए । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३४ बजे

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग