सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित « Khabarhub

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।

चारवटै समितिको सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएका छन्। 

त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित भए। सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एक-एकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो। 

प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको नेतृत्व माओवादीलाई दिने सहमति दलहरूबीच सोमबार सहमति भएको थियो। प्रदेश सभा सुरु भएपछि उक्त समिति गठन हुनेछ। 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली