इटहरीमा जलन अस्पताल बन्ने « Khabarhub

इटहरीमा जलन अस्पताल बन्ने


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा गौरी प्रधानले हस्ताक्षर गरे।

दुई बिघा १० कठ्ठा जग्गामा रु ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो । आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताए ।

– रासस

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ४१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ