जसपा बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत « Khabarhub

जसपा बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ ।

बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । साथै प्रदेश समितिको तर्फबाट प्रदेश इन्चार्ज तथा तथा प्रतिनिधिले रकम चेम्जोङ, आत्माराम साह, सुशीला श्रेष्ठ, शिवलाल थापा, राजकिशोर यादव, प्रकाश अधिकारी र मालामती राना थारुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

त्यस्तै विभागको तर्फबाट विभिन्न विभागका प्रमुखहरु रणध्वज कन्दङ्वा, मनिस सुमन, विजय यादव, लिला सिटौला, पूर्ण बस्नेत, रमेशबाबु श्रेष्ठ, अर्जुन थापाले विभागीय प्रतिवेदन प्रस्तुत गरे ।

संगठनको तर्फबाट सञ्जय सिंह, आङ्गकाजी शेर्पा, देवराज राई, विनोद चौधरीले संगठनको प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

भोलिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सुझाव राख्ने र बाँकी कार्यसूचिमाथि छलफल हुने छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५५ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा