जसपा बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत « Khabarhub

जसपा बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ ।

बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । साथै प्रदेश समितिको तर्फबाट प्रदेश इन्चार्ज तथा तथा प्रतिनिधिले रकम चेम्जोङ, आत्माराम साह, सुशीला श्रेष्ठ, शिवलाल थापा, राजकिशोर यादव, प्रकाश अधिकारी र मालामती राना थारुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

त्यस्तै विभागको तर्फबाट विभिन्न विभागका प्रमुखहरु रणध्वज कन्दङ्वा, मनिस सुमन, विजय यादव, लिला सिटौला, पूर्ण बस्नेत, रमेशबाबु श्रेष्ठ, अर्जुन थापाले विभागीय प्रतिवेदन प्रस्तुत गरे ।

संगठनको तर्फबाट सञ्जय सिंह, आङ्गकाजी शेर्पा, देवराज राई, विनोद चौधरीले संगठनको प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

भोलिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सुझाव राख्ने र बाँकी कार्यसूचिमाथि छलफल हुने छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५५ बजे

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको