कोशी टप्पुमा चरा गणना | Khabarhub Khabarhub

कोशी टप्पुमा चरा गणना


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इनरुवा – कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो ।

आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना गरिनेछ । कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्ने संरक्षण अधिकृत यादवले बताए ।

गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदै छ ।

आरक्ष क्षेत्रमा रहेको सिमसार क्षेत्र, ताल र साना खोल्सा सुक्दै गएका कारणले चराको बासस्थान घट्दै गएको छ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार छ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ५२ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका