एसियन कप फुटबल : उपाधिका लागि जोर्डन र कतार भिड्दै « Khabarhub

एसियन कप फुटबल : उपाधिका लागि जोर्डन र कतार भिड्दै


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियन कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि भिड्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।

जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौँ पटक एसियन कप खेलिरहेको छ ।

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ ।

सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एकएक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : १९ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ