कथा : सिमेन्टको जंगल | Khabarhub Khabarhub

कथा : सिमेन्टको जंगल



आज एकतमासको भएको छ मेरो मन। कहिले माथि कहिले तल गर्छु। कुनै बेला ठूलो घरको रहर गरेर किनेको यो ठूलो घरमा बस्ने हामी दुई जाना मात्रै छौं यतिबेला।

सुत्नको लागि आरामदायी गद्दा मात्रै भएर नहुनेरहेछ, त्यसका लागि त आँखामा सहजै आउने निन्द्रा चाहिने रहेछ। तर हाम्रा आँखामा त्यो निन्द्रा कहाँ छ र ? एक्लो सन्तानको साथमा बिदा गरेर पठाएको आफ्नो आँखाको निन्द्रा र मनको चैन विदेशमा छोरीसँगै कतै अल्मलिएको छ।

पहिले पहिले अर्काले छोराछोरी विदेश पठाएको सुनेर मन कहलिन्थ्यो तर अचेल त छोराछोरी बढायो, पढायो, ठूलो र जान्ने बनायो अनि विदेश पठायो। विदेश नजानेहरु त मानौं कुनै कामका हुदैंनन्।

हुन त विदेश नगएर पनि के गरुन् ? देशमा न अवसर छ न उपाय। कहिले के को नाममा आन्दोलन, कहिले केका लागि लडाइँ र मारकाट। देशमा अस्पताल र डाक्टर समेत सुरक्षित हुन छोडेको बेलामा छोराछोरीलाई विदेश पठाउनु पनि सुरक्षाको ग्यारेन्टी जस्तै हुन थालेको छ। छोरीसँगै पढेका उसका सबै साथीले विदेशको बाटो समातेपछि उसले पनि उतै लाग्ने निर्णय गरी। हामीले पनि ‘यहीं बस्’ भनेर कर गर्न सकेनौं।

मनले उसँग अलग हुन नचाहे पनि उसको भविष्यको बारेमा सोचेर उसलाई बिदा दियौं। अब यो खाली घरमा रित्तो मन लएर यसरी बाँचिरहेका थियौं- मानौं मृत्यु कुरिरहेका थियौं। जब जब मन उदास हुन्थ्यो समृतिका पाना यत्तिकै पल्टिन थाल्थे। मन अतितमा चाहार्न थाल्थ्यो।

विष्टिनी कड्किन्, “बजिनी, तैंले छोको पानी हाम्लाई चल्दैन भन्ने जान्दा जान्दै नि कसरी पधेंराँ पानी थाप्न आकी त लौ !” “पानी त हाम्ले नि खानै परो नि, हजुर।”

०००००
“ए धना, हैन तैंले पँधेरोको पानी किन छोकी हँ ?” विष्टिनीको स्वरले तर्सेर म यत्तिकै पाखा लागेँ र हडबडाउँदै भनें, “हैन हजुर, मैले त अलग्गै…।” विष्टिनी कड्किन्, “बजिनी, तैंले छोको पानी हाम्लाई चल्दैन भन्ने जान्दा जान्दै नि कसरी पधेंराँ पानी थाप्न आकी त लौ !” “पानी त हाम्ले नि खानै परो नि, हजुर।”

मेरो स्वरमा याचना मिसियो। “तल खोलाबाट ल्याएर खानु नि। हाम्लाई चल्दैन भन्ने था हुँदाहुँदै हाम्रो पँधेरो किन छुनु ? आज त चाडवाडको दिन, त्यै भएर म कसैसँग केही भन्दिनँ तर अब आइन्दा तैंले हाम्रो पँधेरो छोइस् भने, गाउँले सबै जोडेर तेरो उठीबास लाउँछु।”
विष्टिनीको कुराले मेरो मन अमिलो भयो। एक त खोलाको पानी खान लायककै थिएन। त्यसमाथि खोला निक्कै टाढा थियो। मेरो मनले विरक्तिदैं सोच्यो, ‘के दलित भएर जन्मिनु मेरो दोष हो र ?’

म केही नबोली खाली गाग्री बोकेर त्यहाँबाट हिडेँ।

बुढो आरानमा फलाम पोल्दै थिए। मेरो मलिनो अनुहार देखेर भने, “हैन पानी भर्न गाकी मुन्छे त रित्तै पो आइस् त।”
मैले खिन्न स्वरमा भनेँ, “हाम्लाई पानी भर्न कहाँ सजिलो छ र ? पधेराँ मलाई देखेर विष्टिनीले कम्ता गाली गरिनन्।”
मेरो कुरा सुनेर बुढाको अनुहार पनि ओइलायो। उनले मलाई सम्झाउँदै भने, “हुन्दे न त। कोई नभा मौका छोपेर पानी थापेर ल्याउनु। के गर्छेस् बाबै ? दैवले हाम्रो कर्ममा यस्तै लेख्या रैछ। त्याँमाथि हाम्रो यो समाज। हाम्ले फलाम कुटेर बनाको ताप्केमा पकाएको खाना चल्ने तर हामीले छोएको पानी नचल्ने।”
उनको पछिल्लो वाक्यले म झन् मर्माहत भएँ।

हो त ! हाम्रै हातले बनाको भाँडामा पकाएर खान हुने तर हाम्ले छोएको चैं किन नचल्ने ? तर हामीले पो यसरी सोच्यौं त। अरु सबैले कहाँ त्यसरी सोच्छन् र !
नुवाकोट जिल्लाको एउटा सानो गाउँमा हाम्रो घर थियो। परिवारमा हामी बुढाबुढी र छोरी थियौं। सासूससुरा र नन्द आमाजूको कुनै जिम्मेवारी थिएन। हामीलाई दुःख सुख राम्रो लाउन र मिठो खान पुगेकै थियो।

हामीलाई दुःख सुख गरेर भए पनि राम्रो लाउन र मिठो खान पुगेकै थियो। छोरीलाई गाउँमै भए पनि राम्रो स्कुलमा पढाएका थियौं। हाम्रा लागि छोरा भने पनि छोरी भने पनि उही थिई। पूर्खाले छोडेको घरबार थियो।

गाउँमा भएको राम्रोमा गनिने स्कुलमा छोरीलाई पढाएका थियौं। एउटै मात्र त सन्तान थियो। परिवारमा म, छोरी र श्रीमान मात्रै थियौं। सासु ससुराले धेरै पहिला महाप्रस्थान गरिसकेका थिए।

हामीलाई दुःख सुख गरेर भए पनि राम्रो लाउन र मिठो खान पुगेकै थियो। छोरीलाई गाउँमै भए पनि राम्रो स्कुलमा पढाएका थियौं। हाम्रा लागि छोरा भने पनि छोरी भने पनि उही थिई। पूर्खाले छोडेको घरबार थियो।

एक रात जब हामी भात खाएर सुत्ने तरखर गर्दैथ्यौं। अचानक कोही रोएको आवाज आयो। औंषीको रात, बाहिर चुक घोप्ट्याए झैं अध्याँरो थियो।

“हैन यति राति को रोएको होला यसरी ?” बुढाले सानो स्वरमा सोधे।
“खै पल्लो घरबाट आवाज आइरहेछ।”मैले त्रास मिसिएको स्वरमा भनेँ।
उनी जुरुक्क उठेर टुकी बोकेर बाहिर निस्किए। म पनि डराउँदै उनको पछि लागेँ।

पल्लो घरको राम दाइको घरमा ठुलो भीड थियो। हामी बुढाबुढी त्यो भीड छिचोल्दै अघि बढ्यौं। त्यहाँको दृश्य देखेर हाम्रो हंसले ठाउँ छोड्यो।
राम दाइ र कमला भाउजूकी छोरी आँगनमा मुढो झै लडेकी थिई। उसको रगतले लत्पतिएको शरीरमा चोटैचोटको निशाना थियो।
ओहो ! कस्तो कहाली लाग्दो दृश्य ! मैले डरले कहालिएर बुढाको हात समातेँ।

“च्व च्व च्व कुन पापीको नजरले खायो यो कलिलो मुनालाई ?” कसैले सानो स्वरमा भन्यो। अर्को कसैले पुलिसलाई खबर गर्न सुझायो।

पुलिसलाई खबर गर्ने कुरा सुनेर कमला भाउजूले हडबडाउँदै भनिन् “हैन हैन पुलिसलाई खबर नगर्नु, उसै त हामी यस समुदायमा अपहेलित र तिरस्कृत छौं, त्यसमाथि पुलिस केस गरेर भोलिदेखि सारा गाउँका मानिसले हामीलाई नै धिक्कार्ने छन्।”
मैले उनलाई सम्झाउँदै भनें, “नानीको ज्यान त अकालमा गयो। अब ज्यान लिने अपराधीलाई सजाय दिलाएर कमसेकम उसको आत्मालाई शान्ति दिलाउन…।”

भाउजूले मेरो कुरा काटेर आँसु पुछ्दै भनिन्, “तपाईंलाई के लाग्छ नानी। हामीले न्याय पाउँछौं र ? पहुँच र पावर भएकाहरुले पैसाले नै कानुनको मुख थुनिदिन्छन्।”
मैले भाउजूका रुँदा रुँदा सुन्निएका आँखामा हेरेर सोधें, “त्यसो भए अब के गर्नुहुन्छ त भाउजू ?’
आँखाबाट बगेको आँसुले भिजेर गालासम्म लत्पतिएको गाजल र आँसु पुछ्दै भाउजूले भनिन्, “अब यताको जग्गा जमिन सबै बेचेर सहरतिर बसाइँ सर्छौ। पहिला पहिला गाउँको हावापानी स्वच्छ हुन्छ भनेर यतै बस्न लालायित हुन्थ्यो मन। अब त बस्नै त्रास हुने भयो। छोरीहरु असुरक्षित हुन थाले।’’

रातभर हामी दुबै छट्पटाइरह्यौं। निदाउन नसकेपछि मैले बुढासँग भनेँ, “अब हामी पनि यो गाउँ छोडेर सहरतिर बसाईँ सरौं। त्याँ राम्रा राम्रा स्कुल, कलेज छन्। छोरीलाई पढाउन सजिलो हुन्छ।’

नानी तपाईंकी पनि छोरी छिन् है, चनाखो हुनुस् है।” कमला भाउजूको कुरा सुनेर हामी दुबै जानाको अनुहारमा डरको लहर दौडियो। हामी केही नबोली आफ्नो घर पुग्यौं।
हाम्री छोरी मस्त निन्द्रमा थिई। मैले उसलाई अंगालो हालेँ अनि बेस्सरी रोएँ।
अर्धनिन्द्रमा भएकी छोरीले सोधी, “आमा के भयो ? किन रोएकी ?” म के उत्तर दिन्थें र छोरीलाई ? उसको निधार चुम्दै भनेँ, “केही हैन छोरी नराम्रो सपना देखेँ। तिमी सुत।”

रातभर हामी दुबै छट्पटाइरह्यौं। निदाउन नसकेपछि मैले बुढासँग भनेँ, “अब हामी पनि यो गाउँ छोडेर सहरतिर बसाईँ सरौं। त्याँ राम्रा राम्रा स्कुल, कलेज छन्। छोरीलाई पढाउन सजिलो हुन्छ।’

“हैन के भन्छे यो, तेरो दिमाग त ठेगानमा छ नि। याँ आफ्नो घरबार छ। काम छ। यसरी चटक्कै छोडेर काँ जानु ?”
बुढाले मेरो त्यो अप्रत्याशित कुरा सुनेर दिक्क माने झैं भने।

मैले चिन्तापूर्ण स्वरमा भनेँ, “कमला भाउजूको छोरीको हविगत देखेर दिमाग ठिक भाछ मेरो। म त भन्छु, तपाईं पनि आफ्नो दिमागलाई ठेगानमा ल्याउनुस्। शिवाको बा, यो गाउँमा पैलोपल्ट भा हैन यो घट्ना। साने दमैकी छोरीको लास तल खोलाँ यै हालताँ भेटिया दुई मैना नि भा छैन। आजकल त मलाई शिवाको पो पिर लाग्न थालेको छ। त्यसको साथाँ तलमाथि कयै भए हामी कसरी बाँच्नी, भन्नुस् त।”
म रुन थालेँ। मेरो रुवाइले उनी पनि विचलित भए।

“छोरीको सुरक्षित भविष्यको लागि पनि हाम्ले सहर जानैपर्छ” मैले आफ्नो अडान नछोड्ने छाँट देखाएपछि उनले भने, “यसरी भन्या भरमा सबै कुरा चटक्क छोडेर हिडिहाल्न काँ मिल्छ र ? तँ यसरी जिद्दी नगर। मलाई पनि सोच विचार गर्न दे। म पल्लो घरको राम दाइसँग नि सरसल्लाह गरेर चाँजोपाँजो मिलाउँला।”

मेरो कुरा त उनले के सुन्थे होला र ? तर राम दाइको सम्झाइको असरले मेरा बुढा पनि सहरमा बस्न जान तयार भए। म कुम्लोकटेरो कस्नतिर लागें। बुढा घरजग्गा बेचविखन गर्ने चाँजोपाजो मिलाउनतिर लागे।
छोरी बारम्बार सोधिरहन्थी, “आमा हामी यो गाउँ छोडेर कता जाने ?” म भन्थें, “हामी सहर जाने छोरी, त्याकाँ मान्छे नि याँका भन्दा पढेलेखेका, कुरा बुझ्नी, सबैलाई समान व्यवहार गर्ने खाल्का हुन्छन्।”

लामो समयदेखि बसिरहेको गाउँ चटक्क छोड्नुपर्दा मन मर्नेगरी दुखेको थियो तर सन्तानको भलो र भविष्यका लागि गरेको निर्णय भन्ने सोचेर मन बुझायौं। र, एकदिन हामीले कमला भाउजू र राम दाइसँगै गाउँ छोड्यौं।

थाहा छैन, छोरीले मैले भनेका कुरा कति बुझी तर सहरको नाम सुन्नासाथ उ फुरुङ्ग पर्थी।

लामो समयदेखि बसिरहेको गाउँ चटक्क छोड्नुपर्दा मन मर्नेगरी दुखेको थियो तर सन्तानको भलो र भविष्यका लागि गरेको निर्णय भन्ने सोचेर मन बुझायौं। र, एकदिन हामीले कमला भाउजू र राम दाइसँगै गाउँ छोड्यौं।

यसभन्दा अघि हामी गाउँ छोडेर कतै गएका थिएनौं। त्यसैले हाम्रो लागि यो यात्रा सहज थिएन। तर साथमा सहर आउजाउ गरेर भेउ पाइसकेका राम दाइ र भाउजू भएकाले हामीहरु सुविस्ताकासाथ काठमाडौं आइपुग्यौं।
केही दिन राम दाइको सालो पर्नेको मेजमानी खाएपछि हामी उनैले खोजिदिएको एउटा कोठामा सर्यौं। त्यसपछि हाम्रा संर्घषका दिनहरु सुरु भए।
हामी बसेको गाउँमा हरियाली थियो। हरिया जंगल थिए। तर यो सहर त सिमेन्टको जंगल रहेछ। कौशीबाट हेर्दा सिमेन्ट नै सिमेन्टले बनेको घर। रुखको मात्रा एकदम थोरै। केहीदिन त म त्यस्तै सोचेरै छक्क पर्थें।

सहर आएको केहीदिनपछि संयोगवस बुढाले राम दाइको चिनजानको एउटा ठेकदारको ठेक्कापट्टा कम्पनीमा काम पाए। गाउँबाट जग्गा जमिन बेचेर ल्याएको पैसाले हामीले एकटुक्रा जग्गा किन्यौं र केही वर्षमै हामीले त्यो जग्गामा घर पनि बनायौं।

छोरी अस्ट्रेलिया गएदेखि घर शून्य भयो। अब त छोरीले नेपाल छोडेको पनि सात वर्ष भइसक्यो। यत्रा वर्षदेखि विदेशमा भएकी छोरी नेपाल आउने कुरै गर्दिन। हाम्रा लागि भने उसको प्रतिक्षा नै दिन कटाउने बाटो भएको छ।

जब हाम्रो आर्थिक अवस्था राम्रो हुँदै गयो। हाम्रा नातेदार, इष्टमित्रहरु पनि बढ्दै गए। सबैभन्दा बलियो कुरा समय रहेछ, अनि त्यो भन्दा बलियो कुरा पैसा। हाम्रो हातमा पैसा आएपछि मान्छेको हामीप्रतिको सोच व्यवहार र बोलीचाली सबै परिवर्तन भएको छ।
हामीले छोरीलाई पनि राम्रो स्कुलमा भर्ना गरेका थियौं। उसले राम्रो अंक ल्याएर ’प्लस टु’ सकेपछि अस्ट्रेलिया जाने निर्णय गरी। हामीले उसलाई उता जाने व्यवस्था गरिदियौं।

छोरी अस्ट्रेलिया गएदेखि घर शून्य भयो।
अब त छोरीले नेपाल छोडेको पनि सात वर्ष भइसक्यो। यत्रा वर्षदेखि विदेशमा भएकी छोरी नेपाल आउने कुरै गर्दिन। हाम्रा लागि भने उसको प्रतिक्षा नै दिन कटाउने बाटो भएको छ।
अचानक म्यासेन्जरमा आएको कलले मेरो ध्यान तान्यो। गाउँको यादले आँखामा भरिएको आँसु पुछ्दै मैले फोन समातेँ। छोरीको भिडियो कल रहेछ।
“आमा कतिबेर लगाएकी फोन उठाउन।” उसले गनगन गरी। आज पनि उस्तै छे ऊ। ठ्याक्कै बच्चा जस्तै। एकछिन फोन उठाउन ढिलो गरे आत्तिहाल्छे। “अनि बुवा खै त ?” उसले सोधी।
“तिम्रो बुवालाई एकछिन फुर्सद हुने भए पो।” मैले विरक्त माने झैं गरेर भनेँ।
उसको स्वरमा छुट्टै प्रशन्नता थियो आज। उसले फेरि उत्सुक हुँदै भनी, “थाहा छ आमा, म नेपाल आउँदैछु नि।”
यसपटक उसँगै म पनि फुरुङ्ग भएँ। मैले आफूलाई रोक्न सकिनँ। सोधिहालेँ, “कहिले आउछ्यौ छोरी ?”
तर उसले कुन दिन आउने भन्ने कुरा चाहिँ खुलाइन।

“कुन दिन आउँछु भन्ने कुरा चाहिँ सरप्राइज है। तर यसपटकको दसैं म नेपालमै मनाउन चाहन्छु” उसले हाँस्दै भनी। केहीबेर आमाछोरीले मनका कुरा साटासाट गरेपछि उसले फोन राखी।
छोरी आउने कुरा सुनेर मन गदगद भयो। यो खुसीको कुरा कसलाई सुनाउँ जस्तो भयो। बुढालाई फोन गरेर सुनाउँ भने पनि कामको समयमा उनले फोन उठाउँदैनन्। खुसीले भरिएकी म घरभित्रै यता उता गरिरहेँ।

“कुन दिन आउँछु भन्ने कुरा चाहिँ सरप्राइज है। तर यसपटकको दसैं म नेपालमै मनाउन चाहन्छु” उसले हाँस्दै भनी। केहीबेर आमाछोरीले मनका कुरा साटासाट गरेपछि उसले फोन राखी।

“हैन धना आज निकै खुशी देखिन्छ्यौ त।” विष्टिनीको स्वर सुनेर मैले बाहिर हेरेँ। उनी झ्याल छेउमा उभिएकी थिइन्।
मैले बाहिर निस्केर गेट खोल्दै भनेँ, “ओहोे ! काठमाडौं कैले आउनुभो ? भित्रै आउनुस् न।”
विष्टिनीका जेठाछोरा बुहारी हाम्रा छिमेकी थिए। त्यसैले विष्टिनी उनीहरुकहाँ आउँदा हामीलाई नभेटी फर्किन्नन्।
हामीले उनको छोराको घर नजिकै यो घर बनाएर बसेदेखि उनको हामीप्रतिको बोली र व्यवहार फेरिएको छ। गाउँको पँधेराबाट पानी भर्न नदिने उनी आज मेरो हातले बनाएर दिएको चिया ढुक्कले पिउँछिन्।

मैले आफ्नो खुशीमा उनलाई सम्मिलित गर्दै भनेँ, “अरु त के हुनु नि दिदी। छोरी अस्ट्रेलियाबाट आउँदै छे। भर्खरै फोन गरेकी थिई।” मेरो कुरा सुनेर विष्टिनी पनि खुसी भइन्।
बेलुका बुढा आउँदा मैले खाना तयार गरिसकेकी थिएँ। खाना खाएर सुत्ने तरखर गर्नेबेलामा मैले भनेँ, “तपाईलाई थाहा छ ? हाम्री छोरी अस्ट्रेलियाबाट आउँदै छे नि। दिउँसो उसँग कुरा भएको थियो।”
मेरो कुरा सुनेपछि उनको मुहार एकाएक उज्जालियो। “ओहो ! कस्तो खुसीको कुरा सुनायौ। म भोलि नै बजार गएर उसको मनपर्ने खानेकुरा लिएर आउँछु।” उनले खुसी हुँदै भने।

प्रतिक्षाको त्यो रात काट्न हामीलाई बडो गाह्रो भयो। भोलिपल्ट बुढाले छोरीको मनपर्ने खानेकुरा र अन्य सामग्री किनेर ल्याए।
म चाहिँ उसलाई मनपर्ने अचार बनाएर सिसिमा हाल्न थालेँ।
त्यो शनिबारको दिन थियो। हामी कौशीमा बसेर चिया पिउँदै थियौं। मलाई अलि खिन्न देखेर मेरो बुढाले सोधे, “के भयो ? किन यसरी झोक्राएकी ?”

 “हेलो म ‘एनआरएन’ अस्ट्रेलियाबाट। तपाईकी छोरी शिवा विश्वकर्माको आज समुन्द्रमा डुबेर मृत्यु भएको छ। हामीले यहाँबाट लास पठाइसकेका छौं। तपाईंहरु एयरपोर्टमा लिन जानुहोला। यो दुखद घडीमा भगवानले तपाईंको परिवारमा धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन्।”

मैले उदास स्वरमा भनें, “शिवाको बा मैले आज साह्रै नराम्रो सपना देखेकी छु। मेरो मन कस्तो आत्तिरहेको छ।” उनले जिस्किँदै भने, “ल हेर! सपनाको कुरालाई लिएर पनि कोही यसरी उदास हुन्छ र ? सपना त सपना नै हो नि। यथार्थ धेरै भिन्न हुन्छ सपनाभन्दा।”
मोबाइलमा आँखा डुलाइरहेका उनले अचानक भने, “ओहो ! नराम्रो सपना देखेँ भन्थिस् नि। विचरा ! कसकी छोरी होला। समुन्द्रमा डुबेर एउटी युवतीको मृत्यु भएछ।”
“के नाम रहेछ ?” मैले आत्तिदैं सोधें। “खै नाम त लेखेको रैनछ।”

एकछिन अघिसम्म मुस्कुराइरहेको उनको अनुहार अहिले उदास देखियो। म छेउको मोबाइल टिपेर छोरीलाई फोन गर्नैै लागेकी थिएँ, अचानक मेरो मोबाइलको घण्टी बज्यो।
नचिनेको नयाँ नम्बरबाट फोन आएको थियो। मैले ‘हेलो’ भन्नासाथ उताबाट आवाज आयो। “हेलो म ‘एनआरएन’ अस्ट्रेलियाबाट। तपाईकी छोरी शिवा विश्वकर्माको आज समुन्द्रमा डुबेर मृत्यु भएको छ। हामीले यहाँबाट लास पठाइसकेका छौं। तपाईंहरु एयरपोर्टमा लिन जानुहोला। यो दुखद घडीमा भगवानले तपाईंको परिवारमा धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन्।”
यति भनेर फोन काटियो।

जुन घरबाट छोरीको डोली अन्मिनु पर्ने थियो, त्यो घरबाट छोरीको अर्थी गयो। यो विशाल सिमेन्टको जंगलभित्र हामी दुबैको मन निस्सासिरह्यो। हाम्री छोरी सदाका लागि शून्यमा विलीन भई। हामी रोइरह्यौं, चिच्याइरह्यौं।

अनायास आँखाबाट आँसुको बाढी आयो। भक्कानो छुट्यो। फोनमा भएको त्यो संवाद उनले पनि सुनेका थिए। त्यसैले उनी पनि डाँको छोडेर रुन थाले। हामी दुबै एक स्वरमा कल्प्यौं, “हे भगवान् ! हामीमाथि यति ठूलो अन्याय किन गर्यौ।”
बेलुका हामी रुँदै कराउँदै एयरपोर्ट गयौं। हाम्री छोरी वाकसमा आई।

जुन घरबाट छोरीको डोली अन्मिनु पर्ने थियो, त्यो घरबाट छोरीको अर्थी गयो। यो विशाल सिमेन्टको जंगलभित्र हामी दुबैको मन निस्सासिरह्यो। हाम्री छोरी सदाका लागि शून्यमा विलीन भई। हामी रोइरह्यौं, चिच्याइरह्यौं।
तर, हाम्रो रुवाई र चिच्चाहट त्यो सिमेन्टको जंगलभित्र कसैले सुनेन।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ०७ बजे

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८०

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको

राष्ट्रपति पौडेल र अमेरिकी इन्डो–प्यासिफिक कमान्डरबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत

अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं :उपप्रधानमन्त्री खड्का

कर्णाली– नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा