एसीसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित « Khabarhub

एसीसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा आज भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङमाथि ८ विकेटको जित निकालेको हो ।

हङकङले जितका लागि दिएको ९४ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् । यस्तै सीता राना मगरले ३६ रन जोडिन् ।

हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८, यास्मिन दस्वानीले १५, नताशा माइल्सले ११ रन बनाए ।

नेपालकी रुबिना क्षत्री र पुजा महतोले २–२ तथा सीता राना मगरले १ विकेट लिइन् ।

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ ।

फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह ‘डी’ मा हङकङ, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ३० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा