नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि « Khabarhub

नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

अस्पतालले दक्ष चिकित्सकको निगरानीमा  एमआरआई, सिटिस्क्यान, डाइलासिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा सुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो । 

गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आवको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले जानकारी दिए । उनले अस्पतालबाट वितरण गरिने सेवाप्रति जनमानसमा बढ्दै गएको विश्वासले बिरामीको सङ्ख्या बढेको बताए। 

अस्पतालमा उपचार गराउनेहरुमा नेपाली मात्र नभई १० प्रतिशतभन्दा बढी सीमावर्ती भारतीय सहरबाट आउने बिरामी रहेका सूचना अधिकारी सिंहले जानकारी दिए। 

अस्पतालबाट उपलब्ध गराउने सेवा अन्य अस्पतालको तुलनामा ४० प्रतिशतसम्म सस्तो र गुणस्तरीय भएकाले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको भनाइ छ । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १२ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको