गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु « Khabarhub

गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ । 

बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपिआरअनुसार पहिलो चरणमा बसपार्कको काउन्टरको भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरे ।

जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षौँदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डीपीआर बनेको थियो । विसं २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण सुरु गरिएको अध्यक्ष राजवंशीले बताए ।

टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताए। गौरीगञ्जबाट दैनिकरूपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताए।

स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्जसमेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशीले बताए । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ५६ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड