नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी « Khabarhub

नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो।

उपाध्यक्ष पदका लागि रूपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रबि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।

अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ५ : १५ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज