समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली « Khabarhub

समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाएका छन्।

कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको आरोप लगाए। 

‘चालु आर्थिक वर्षको श्रवाणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवान थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकालिसकेको छ। 

आर्थिक, कुटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्नेदेखि बहुआयामीक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ,’ उनले थपे, ‘यसरी फेरी पनि प्रचण्डजी कुर्सीमा टाँसेरमात्रै बस्ने हो भने देश थप बर्बादीमा जाने बाहेक कुनै उपलब्धि देखिँदैन।’

अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईवटा शब्द थप्ने बाहेक अरु केही उपलब्धि हासिल नभएको उनले बताए। प्राकृतिक सम्पदाको खानीका रूपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उनले बताए। 

नेता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम भएको जानकारी दिए। 

‘जलस्रोतको अपार जलभण्डारको रुपमा रहेको कर्णालीको अपार कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुँदै, परियोजनाको एउटा चपरी पनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाएका छन् । कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन। त्यसैले पनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन्,’ उपमहासचिव ज्ञवालीले भने।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यद्वय मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल कल्पना थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ०५ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा